एमालेको “झोले’ अभियान ” ‘झोले’हरुको झोलामा के छ ? यस्तो छ एमाले महासचिव शंकर पोखरेलको ७ बुँदे प्रष्टिकरण

 

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अहिले चलाईरहेको ‘झोले’ अभियानका विषयमा विभिन्न टिका टिप्पणी भैरहेका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा शर्मा ओलीले चलाएको यो अभियानका विषयमा अहिले व्यापक चर्चा छ, नकारात्मक र सकारात्मक दुवै कोणबा यसबारे आलोचना र प्रतिरक्षा भैरहेको छ ।

Nepal life insurance

कतिपयले ‘झोले’को  झोलामा के छ त ? भनेर पनि प्रश्न गरेका छन् ।  यसरी प्रश्न सोध्नेलाई एमाले महासचि शंकर पोखरेलले  ७ बुँदे प्रष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जालमा प्रष्टीकरणसहित उनी लेख्छन्, ‘आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि नेकपा (एमाले) को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौँ । प्रतिकृयावादीहरूले नेकपा (एमाले) का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिस्ट विरोधीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ ।’

एमाले महासचिवको ७ बुँदे प्रष्टीकरण:

नेकपा(एमाले)को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरुका लागिः

१‍. मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

२. मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त

३. जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नवीन मान्यता

४. असंलग्नता र पञ्चशीलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रित सन्तुलित परराष्ट्र नीति

५. जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता

६. जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा

७. प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र

 

Nepal life insurance

अन्य समाचारहरु