अध्यक्ष माथी भ्रष्टचारको मुद्दा लागे पछि नेकपा एसले भन्यो, ‘राजनीतिक प्रतिशोध साँधियो’

 

काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ।

सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपाल बिरूद्द भ्रष्टचारको मुद्दा लागे पछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ राजनीतिक प्रतिशोध साँधिएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन ।

Nepal life insurance

उनले सरकार र मन्त्रीपरिषदलाई नीतिगत निर्णय गर्ने अधिकार रहेकोसमेत दावी गरेका छन् । उनले नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै गएमा संसदबाट धेरै जना भ्रष्टचारको केसमा फस्नेसमेत उनले दावी गरेका छन ।

अध्यक्ष माथी भ्रष्टचारको मुद्दा लागे पछि नेकपा एसले भन्यो, 'राजनीतिक प्रतिशोध साँधियो'

‘सरकारसँग नीतिगत निर्णय गर्ने अधिकार थियो, अहिले त्यो विधेयक राज्य व्यवस्था समितिमा अड्किरहेको छ, मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार दिने कि नदिने विषयमा टुंगिन पाएको छैन। यसअघिका गिरिबन्धु टी स्टेट पनि नीतिगत निर्णयमै पर्छन्। नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै जाने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने हुन्छन्, उनले भने।

पाण्डेले पार्टी अध्यक्ष नेपाल अहिले रौतहटमा रहेको र त्यहाँबाट काठमाडौंका लागि हिंडेकोसमेत बताए। ‘यो व्यक्तिगत भन्दा पनि पार्टीको कुरा हो, अध्यक्षज्यु काठमाडौं फर्किए पछि यस विषयमा विस्तृत छलफल हुनेछ,’ उनले भने।

 

images

Nepal life insurance

 

images