रमा सिंहले देखाइन राजवादी आन्दोलन असफल हुनुका कारण

 

रमा सिंहले देखाइन राजवादी आन्दोलन असफल हुनुका कारण

काठमाडौं, २६ जेठ । राजवादी आन्दोलनमा सक्रिय रहेकी रमा सिंहले आक्रोश ब्यक्त गरेकी छिन् ।

Nepal life insurance

जेठ १५ देखी निरन्तर आन्दोलन गरिने भनिए पनि अन्ततः आन्तरिक कलह र जस लिने होडबाजीका कारण सो आन्दोलन बिचैमा तुहिन पुगेको उनले आरोप लगाएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिनः

आन्दोलनका कुराः 

संयुक्त जनआन्दोलन परिचालन समिति भनिएको छ, समितीका सदस्यलाई आन्दोलनका कार्यक्रम, तिथी, मिती र योजनाका बारेमा पत्तो हुदैन्। हचुवाको भरमा जेठ १५ गते एकल निर्णयबाट आन्दोलन तोकियो । समितिकै सदस्यले पनि सामाजिक संजालबाट थाहा पाए।

images

समितीको पहिलो बैठक जगमान गुरूगंको अध्तक्षतामा बसेको ( संयोजक नवराज सुवेदीजी नजरबन्दमा हुदाँ) देखी नै हरेक बैठकमा सार्वजनिक रूपमा सबैलाई निमन्त्रणा दिदाँ भद्रगोलबाटै सुरू भएको समितिको कार्य भद्रगोल मै पुगेर दोश्रो चरणको आन्दोलनको खाका जिल्ला तिर पुर्याएर बिश्राम लिएको छ।

समितीमा जोडिएका थुप्रै योग्य ब्यक्तित्वहरू र नजोडिएका तर लामो समय देखी ब्यबस्था बिरूद्द लागेका आ आफ्नो क्षेत्रका अब्बल ब्यक्तित्वहरू कस्को कहाँ उपयोगिता हुन सक्छ, उसलाई ब्यावसायिक जिम्मेवारी दिने सोच नै अघि बढेन,

images

मधेसी, जनजाती, दलितको प्रतिनिघित्व गराउने प्रयास अघि बढाउन लाख कोशिस गरे पनि एकातिर यो अजेण्डाले  न्यायसंगत रूपमा अघि बढ्न पाएन भने अर्को आफु खुशी पद बाड्न थालियो, जो गुनासो गर्न गयो उसैलाई एउटा पद भिराएर पठाइ दियो । यस्तो पाराले ब्यक्ति खुशी पार्न सकिएला तर आन्दोलनलाई एकताबध्द गर्न सकिदैन भन्ने हेक्का राख्न सकिएन् ।

images

समितीका हरेक बैठकहरूमा सरकारी जासुसहरू पनि ढुक्कले गजधम्म  बस्न पाउथे, कसैलाई चासो र चिन्ता नै थिएन। ठुलो भिडलाई मात्रै आन्दोलन सफल हुने कडी ठानेर रणनितीक योजना बिना आन्दोलनमा होम्मिनु, लड्न र भिड्न आएका योध्दाहरूलाई हरेक दिन बैठकमा होस या सडकमा त्यही ४ जनाको भाषण सुन्न बाध्य पारिनु, नयाँ र युवा पुस्ता तथा जिल्लाबाट आएकाहरूलाई उचित स्थान नदिनु तथा पार्टी राजनितीमा नलागेर अभियानमा रहेकाहरूलाई अबमुल्यन गर्नु आन्दोलन सफल हुन नसक्नुका कमजोरी हो कि भन्ने धेरैको बुझाई छ।

आन्दोलनको दौरानमा समितिको प्रवक्ता एकातिर, बिज्ञप्ति ३ तिरबाट निस्कन थाल्यो यस्ले गर्दा स्वतः स्फुर्त आएकाहरूमा भ्रम उत्पन्न गरायो र विस्तारै पार्टीको कार्यक्रममा पो आएछु कि जस्तो अनुभूति गर्न थालेर सहभागिता कम देखिन थाल्यो ।

३ जना सहभागिको कुराकानीः
यो ब्यबस्था परिवर्तनका लागि जनआन्दोलन थियो तर सरकारले जसो जसो भन्छ, उसै उसै स्वाहा भन्दै सरकारले तोकेको स्थानमा रमाउदै हिड्नेले कसरी ब्यबस्था परिवर्तन गर्ला भन्ने प्रश्न उठ्न थाले पछी यस्ले जनमानसमा विश्वास घट्न पुग्यो ।

Nepal life insurance

समितीमा रहेका र जोडिएकाहरूले पनि कतिपय निर्णयहरू सामाजिक संजालबाट थाहा पाउनु पर्ने परिस्थिती बन्दै जानु तर आन्दोलनको समिक्षा र भावी रणनिति गर्न बोलाईएको बैठकमा समितिका सदस्यहरू बाहेक सामाजिक संजालमा खुल्ला आह्वान गरेर पत्रकार र गुप्तचर प्रहरी पनि बोलाउने कार्य अहिलेसम्म कुनै संघ संस्थाले नगरेको नौलो प्रयासको थालनी पो थियो कि भन्न थालेका छन् राष्ट्रवादीहरू ?

हो, आर्थिक पाटोले आन्दोलनमा ठुलो भूमिका खेलेको हुन्छ तर विचार, ब्यबहार र कार्यशैली पैसाले खरिद बिक्री गर्ने बस्तु होइनन् तर भिड जम्मा गर्ने माध्यम बनेको पैसोले पनि बिवादित बनायो आन्दोलनलाई।

आन्दोलनको दौरानमा गद्दीका लागि राजाको पनि पुरानो पुस्ता र नयाँ पुस्ताको चर्चा चलाईयो तर राजाको नयॉं पुस्ताको चर्चा चलाउने क्रममा आन्दोलनमा पनि अब नयाँ पुस्तालाई अगाडी बढाएर बिद्रोहको जिम्मा नयाँ पुस्तालाई दिनुपर्ने तर्फ सोच किन बनाउन सकिएन ? भन्ने युवाहरूको तर्क अगाडी आएको छ।अब यस्लाई के भन्ने ?

जे जे भए पनि अव युवा पुस्ता जागेको छ 
ति युवाले ब्यबस्था परिपर्तन गरि छोड्छन् ।।
कसैको चित्त दुः खाएछु भने माफी चाहान्छु 🙏

 

Nepal life insurance