एमाले निकट अनेरास्ववियुको महाधिवेसन सुरू, ओलीले गरे उदघाटन

 

काठमाडौं, २५ जेठ । नेकपा एमाले निकट अनेरास्वविुको २४ औँ केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ।

पार्टीले ३२ वर्षे उमेर हदको मार्गदर्शन तयार गरेको कारण धेरै विद्यार्थी युवा नेताहरू स्थापित हुनेछन भने धेरैजसो नेताहरू यो महाधिवेशन पछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिने भएका छन् ।

Nepal life insurance

महाधिवेशनमा अध्यक्ष पदको लागि चार जनाको प्रबल दावेदारी रहेको छ, जसअनुसार डा. सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र दीपक धामीले अध्यक्षमा दाबी गरेका छन ।

साथै, सर्वसम्मत नेतृत्वको लागि छलफल भइरहेको नेकपा एमाले संगठन विभाग सचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहनुभएका माधव ढुङ्गेलले बताए । सहमति भएन भने मतदान प्रक्रियामा जाने बाटो खुल्ला रहेको उनले जानकारी दिए ।

images

‘सहमतिको प्रयास हुन्छ, सहमतिबाट नेतृत्व चयन भएन भने पनि खुल्ला प्रतिस्पर्धामा जानु पर्छ, प्रतिष्पर्धा गर्नै हुँदैन भन्ने होइन, तर त्यो प्यानल बनाएर भने हुँदैन, व्यक्तिगत प्रतिष्पर्धाबाट नेतृत्व चयन हुनुपर्दछ’, उनले भने ।

images

पहिला २ सय ९९ कमिटीमा भएकोमा अहिले झारेर १ सय ५१ जनाको कमिटी बनाइदैँछ । जसअनुसार १ सय ५१ को केन्द्रिय कमिटी, ११ जना पदाधिकारी रहनेछन, त्यो ३२ वर्षको उमेर हद भित्र रहे ।

 

images

Nepal life insurance