सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीको महत्वपूर्ण बैठक साउन २४ गतेसम्मका लागि स्थगित

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीको महत्वपूर्ण केन्द्रीय कमिटिको बैठक साउन २४ गतेसम्मका लागि स्थगित भएको छ।


एकीकृत माओवादीका मन्त्रीहरुको सपथ ग्रहण, त्यसले उत्पन्न गरेको परिस्थिति र राष्ट्रिय सहमतिका विविध विषयहरुमा छलफल गरी आवश्यक निर्णय गर्नु शनिबारको बैठकको एकमात्र एजेण्डा रहेको थियो।


त्यस विषयमा पार्टीका १२ जना सदस्यहरुले आफ्नो भनाई राखेका थिए। तर अध्यक्ष झलनाथ खनाललाई ज्वरो आएकोले उनले आफ्नो भनाइ राखेनन् र उनकै आग्रहमा दुईदिन बैठक स्थगित गरी तीन दिन पछाडी सारिएको थियो।


केही समय अघि देखि नेकपा एमाले भित्र देखा परेको आन्तरिक गुटबन्दी, माधव नेपाल र केपी ओली पक्षधर नेताहरु र पार्टी अध्यक्ष झलनाथ खनाल पक्षका नेताहरुबीच सार्वजनिक रुपमा हुंदै आएको टिकाटिप्पणी समग्रमा पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएको थियो।

 

बैठक अघि अध्यक्ष खनाल विरोधी नेताहरुले उनलाई कार्वाही गर्नुपर्ने विषय पनि उठाइने सार्वजनिक रुपमा बताउंदै आएका थिए।

तर बैठकमा कुराहरु विभिन्न कोणमा उठेको भएता पनि सारमा पार्टीलाई विधिसम्मत ढंगले संचालन गर्ने र पार्टी भित्रको समस्यालाई छिटो टुंग्याई राष्ट्रिय राजनीतिमा ध्यान केन्द्रित गर्नु पर्ने कुरामा वक्ताहरुको जोड रहेको पार्टी प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जनाएका छन्।


उनले भने,