योजना आयोगका उपाध्यक्षले गोरखामा परेका योजना कटौती गरी जनताका नाममा पाप गरेको आरोप माओवादी बाबुराम भट्टराईको आरोप

गोरखा  – एकिकृत नेकपा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ब्याबहार बाँदरे प्रबृतिको रहेको बताए ।

आयोगले यस बर्ष गोरखामा नयाँ योजना सुरु नगरेको र पुराना कटौती गरिदिएको आरोप लगाउदै भट्टराईले गोरखानै घर भएरका आयोगका उपाध्यक्ष दिनेशचन्द्र देवकोटालाई बाँदरे प्रबृतिको आरोप लगाएका हुन् ।

गृहजिल्ला गोरखामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उनी आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने बाँदरे प्रबृतिका हुन् ।’ देवकोटा र बाबुराम गाउँले गाउँले हुन् । देवकोटाको घर पालुङटार- ५ मा पर्छ ।

भट्टराईका अनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयले गोरखाका लागि सिफारिस गरेका  आधा दर्जन भन्दा बढी योजनाहरु देवकोटाले रद्ध गरिदिएका थिए । कुनै फाइल हराएर र कतिपय भने बाबुरामका योजना हुन भन्दै कटौती गरिदिएको भट्टराईको आरोप थियो ।

‘मैले अर्थमन्त्री हुँदा कतिपय ठूला योजना सुरु गरेको थिए । गृहजिल्ला गोरखा भएका देवकोटाले त्यसलाई अगाडि बढाउँदै जानुपर्नेमा कटाइदिएछन्’ उनले भने, ‘हामीले समर्थन गरेको सरकारका उपाध्यक्षले यसो गर्नु खेदजनक कार्य हो ।’

ती योजनामा आफै मन्त्रालय अगाडि बढाउन लगाएको भट्टराईले बताए । ‘मन्त्रीले सिफारिस गरेर योजना आयोगसम्म पुगेपछि काटिए’ देवकोटाको रिस र डाहाको चलखेल अनुसार भएको बताउँदै भने, ‘जुन कुरा प्राथमिकता दिउ भनेर सल्लाह गरिएको थियो । ती योजनानै रातो किताबमा छैनन् ।’

उनी अर्थमन्त्री भएको पालामा भच्चेक सडक, सदरमुकाम-पालुङटार, सदरमुकामबाट आरुघाट सड, फुजेल बाटो, र बुढी गण्डकी किरानको बाटो लार्के पास गर्ने योजना शुरु गरेका थिए ।

उक्त योजना समेत कटौति गरेर नयाँ योजना समेत शुरु देवकोटाले गरेनन् भन्ने आरोप उनको थियो । गोरखाकाली मन्दीरबाट मनकामना जोड्ने पर्यटकीय सडक नयाँ योजना भट्टराईले मन्त्रालयबाट पास गर्न लगाएका थिए ।

उक्त योजना आफूप्रतिको पुर्वाहग्रहका कारण देवकोटाले कटौती गरी जनताका नाममा पाप गरेको आरोप भट्टराईले लगाए ।