– अमर खड्का
इटहरी – सप्तकोसी नदीमा शनिबार अपराह्न पानीको बहाव बढेर २ लाख ५ हजार १ सय ६५ क्युसेक पुगेको छ। पानीको बहाव बढेपछि अहिले कोशी ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ। १ लाख ५० हजार पानीको बहाव काट्नेबित्तिकै त्यहाँ खतराको सङ्केत राखिन्छ।
पानीको बहाव निरन्तर बढ्दै गएकाले कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये २७ वटा खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
कोसीमा पानीको बहाव वढेपछि पूर्वी तटबन्धका केही स्परमा कटान गर्न थालेको डिएसपी यमुना रजकले बताए। साउन