नेपालमा पहिलोपटक सार्वजनिक स्थलमा धूमपान गर्न र बिक्रीवितरण गर्न नपाइने


 

नेपालमा पहिलोपटक सार्वजनिक स्थलमा धूमपान गर्न र बिक्रीवितरण गर्न नपाइने ऐन यही आइतावारदेखि लागु हुँदैछ । सार्वजनिकस्थलमा धूमपान गर्नु अथवा सार्वजनिक स्थलमा फुटकर रूपमा चुरोट, बिँडीजस्ता धूमपानजन्य वस्तु बिक्रीवितरण गरिरहेको भेट्टाइएमा रु. 100 देखि रु.एक लाखसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

 


सार्वजनिकस्थलहरूमा सरकारी निकायहरू, संस्थान, कार्यालय, शिक्षण संस्था, पुस्तकालय, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, सांस्कृतिक केन्द्र, होटल, भोजनालय, चमेनागृह, छात्रावास, रङ्गशाला, सार्वजनिक सवारी प्रतीक्षालय आदि स्थान पर्दछन्।

            नेपालमा प्रत्येक दिन सुर्ती सेवनका कारण चवालीस जनाले अनाहकमा आफ्नो ज्यान गुमाउनु परिरहेको छ। सुर्ती सेवनकै कारण उत्पन्न हुने रोगका उपचार गर्नका लागि बर्सेनी रु. सोह्र अर्ब खर्च भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।