हुम्लाको सर्केगाडमा आगलागी, ८ घर जलेर नष्ट

 

काठमाडौं ।  हुम्लाको सर्केगाड गाउँपालिका–३ को उनापानी गाउँमा आगो लागेको छ । आगलागी हुँदा ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

Nepal life insurance

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी बाट सर्केगाड गाउँपालिका–३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल  फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा,  ४२ का धनबहादुर रावतको घर जलेको छ ।

अहिलेसम्म मानवीय तथा पशु चौपाय क्षति नभएको र स्थानीयवासी र प्रहरीहको सहयोगमा आगो निभाउने काम भइरहेको डिएसपी जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिए ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

Nepal life insurance