चिनिया अधिकारीहरुले यो वर्षकै शक्तिशाली आँधी सम्भावना रहेको भन्दै झेजियाङ प्रान्तका करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएका छन् । मुइफा नाम दिएको आँधी बढ्दै गएपछि ७ हजार माछा मार्ने डुंगालाई समुद्र किनारमा फकाईएको छ ।
१ सय ४० भन्दा बढी हवाई उडान रद्द गरिएको छ भने रेल सेवा पनि प्रभावित भएको छ । सांघाई नजिकै आइपुगेको आँधी अझै उत्तरतिर बढ्न सक्ने मौसम विज्ञहरुले जनाएको छन् । मुइफा आँधीले फिलिपिन्स, जापानको दक्षिणी टापु ओकिनावा र ताइवानमा यसअघि नै प्रभाव पारिसकेको छ ।
सन् २००५ मा सांघाई सहित ७ शहरमा आँधीका कारण १९ जनाको मृत्युपछि यस क्षेत्रलाई आधीको संभावित खतराको क्षेत्रको रुपमा लिइन्छ ।