श्रीलङ्कद्धारा खनिज तेलको अन्वेषण सुरु

श्रीलङ्कले गत शनिबारबाट खनिज तेलको अन्वेषण सुरु गरेको छ। अन्वेषण गरिने स्थान उत्तर-पश्चिमी मानार बेँसीमा रहको छ।उक्त कुरा त्यहाँका आर्थिक विकास मन्त्री बासिल राजपाक्क्षेले हालै बताएका हुन्।

          मन्त्री बासिल राजपाक्क्षेका अनुसार, मानार बेँसीमा हुने उक्त तेल अन्वेषण कार्य भारतीय कम्पनीको सहयोगमा भएको हो।

          उनले सम्वाददाताहरूलाई जानकारी दिएअनुसार, श्रीलङ्काको उक्त अन्वेषण छिटै पूरा हुने र तेल उत्पादन हुनेछ।त्यसपछि अन्य देशबाट तेल आयात गर्नुपर्ने वातावरण पनि अन्त्य हुनेछ।

          काइरन इन्डिया भन्ने कम्पनीले श्रीलङ्कामा तीनवटा तेल कुवा खन्नका लागि पूर्ण अनुमति दिइसकेको छ।