अर्घाखाँची नरपानी पाली दुर्गाफाँट र पोखराथोकमा अनुगमन झन्डै १५ हजार बराबरको सामान जफत गरी नष्ट । (तस्बिर सहित)

 

-रुद्रमणि भुसाल , अर्घाखाँची।

असार २ अर्घाखाँची। जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा आज अर्घाखाँची जिल्लाको फुतबाङ नरपानी, अरगुरी पाली

दुर्गाफाँट र पोखराथोकमा अनुगमन गर्दा विभिन्न पसल अनुगमन गरी उपभोग गर्न नमिल्ने र म्याद नाघेका झण्डै १५ हजार बराबरको सामान जफत गरि नष्ट गरिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो ।

May be an image of 13 people, motorcycle and temple

Nepal life insurance

नरपानी पाली दुर्गाफाँट र पोखराथोकमा गरिएको अनुगमनमा विभिन्न किराना तथा फलफुल पसलहरूमा अनुगमन गर्दा अखाद्य मिठाई ,चाउचाउ, सुजी, चिजबल लगायतको सामानको म्याद गुर्जेका वस्तुहरू जफत गरी नष्ट गरिएको हो।

May be an image of 8 people

अर्घाखाँची जिल्लामा पछिल्लो समय ग्रामीण क्षेत्रका पसलहरूमा पनि नियमित रूपमा अनुगमन गर्न थालिएपछि अहिले उपभोक्ताहरुमा केही सचेतना जागेको र

May be an image of 6 people, train and text

केहिपसलहरूले म्यादगुर्जेका सामग्रीहरू छुट्टाएर राख्न थालेपनि अझै पाणिनि गाउँपालिकाका धेरै ठाउँहरूमा उपभोग्य सामानको प्रयोग मिति राम्रोसँग नहेरिकन सामान राख्दा अधिकांश किराना पसलहरुमा अखाद्य सामानहरु भेटीएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची प्रमुख दुर्गा न्यौपानेले बताउनु भयो ।

May be an image of 5 people, temple and text

अनुगमनको क्रममा उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स ,जिल्ला प्रहरी कार्यालय नेपाल पत्रकार महासंघ लगायतको रोहवरमा गरिएको अनुगमनमा केही पसलहरूले पुँजी कम देखाएको र केहीले होल्डिङ बोर्ड नराखेको र दर्ता नगरी सञ्चालन गरेकाले सात दिनभित्र दर्ता गरेर सञ्चालन गर्न आग्रह समेत गरिएको छ ।

May be an image of 11 people and text

केही किराना पसलहरूले नियम विपरीत दर्ता नगरी मासुपसल किराना फेन्सी एउटै पसलमा सञ्चालन गरेकोले पसल गर्ने नै भए छुट्टाछुट्टै काउन्टर राखेर सञ्चालन गर्न भनिएको घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख न्यौपानेले बताउनु भयो ।

May be an image of 8 people

अनुगमनको क्रममा उद्योग वाणिज्य सङ्घका जिल्ला कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ ,चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष

May be an image of 3 people and text

रुद्रमणि भुसाल, नयाँ नेपाल एग्रोभेटका प्रोप्राइटर युवराज पौडेल, पाणिनी गाउँपालिकाका प्रतिनिधि ,घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी , जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको उपस्थितिमा अनुगमन गरिएको हो।

May be an image of 6 people and text

अनुगमनको क्रममा नरपानीको घुम्टीमा कपिलवस्तुको अखाद्य मम खुलियाम बिक्री वितरण गरेकोले जफत गरी नष्ट गरिएको र आगामी दिनमा बेच्नै परे लेबलिङ गरेर मात्र बेच्न निर्देशन दिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईको भनाइ छ।

May be an image of 5 people and text

निरन्तर ग्रामीण क्षेत्रमा गरिएको अनुगमनले स्थानीय उपभोक्ता भने खुसी भएका छन्।

थप तस्बिर :

May be an image of 7 people and text

May be an image of 10 people, temple and text

May be an image of 3 people, people studying and text

May be an image of 3 people and text

May be an image of 2 people, people smiling, dais and hospital

May be an image of 8 people, newsagent and text

May be an image of 4 people and text

May be an image of 5 people, newsagent and text

May be an image of 7 people, motorcycle, scooter and text

Nepal life insurance