माओवादी बाबुराम भट्टराईद्धारा बहुमतीय सरकारले शान्ति र संविधान निश्कर्षमा नपुर्याउने उल्लेख गर्दै त्यस्तो सरकारको प्रधानमन्त्री नबन्ने घोषणा


 

– गंगा बिसी

 

काठमाडौ  –   एकीकृत नेकपा  माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराईले बहुमतीय सरकारले शान्ति र संविधान निश्कर्षमा नपुर्याउने उल्लेख गर्दै आफू त्यस्तो सरकारको प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् ।

 

प्रधानमन्त्री झलनाथ खनालले साउन २८ मा राजीनामा दिने तयारी गरिरहेका बेला भट्टराईले त्यसपछि राष्ट्रिय सहमतिको सरकार आफ्नै नेतृत्वमा बन्ने आधार समेत प्रस्तुत गरे । त्यसका आधारमा रुपमा उनले लडाकु समायोजन प्रक्रिया अघि बढ्ने र अन्तराष्ट्रिय परिस्थितिको अनुकुलतालाई प्रस्तुत गरेका छन् ।

 

उनलाई माओवादीले राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिसकेको छ । कांग्रेसले भने शान्ति प्रक्रिया ठोस रुपमा अघि बढेमा भट्टराईभन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नै राष्ट्रिय सहमतिको प्रधानमन्त्री प्रस्ताव गर्ने तयारी गरेको छ ।

 

भट्टराईले सोमबार सीमित संवाददातासंग आफू बहुमतीय सरकारको पक्षमा नरहेको बताएका हुन ।