परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको तनाव बारे जारी गर्यो ट्राभल एडभाइजरी

 

काठमाडौँ । नेपाल सरकारले इजरायल र इरानमा रहेका र यी दुई देशसहित मध्यपूर्वका मुलुकमा यात्राको तयारीमा रहेका नागरिकलाई यात्रा सम्बन्धि जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ ।

Nepal life insurance

परराष्ट्र मन्त्रालयले जारी गरेको एडभाइजरीमा इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई स्थानीय सरकारको निर्देशन मान्न, तोकिएको स्थान बाहेक बाहिर नजान, परराष्ट्र मन्त्रालय, नेपाली दुताबासमा आफ्नो नाम दर्ता गर्न आग्रह गरेको छ ।

त्यस्तै परराष्ट्र मन्त्रालयले नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न सल्लाह दिएको छ ।

साथै इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारीमा रहेका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्न पनि अनुरोध गरेको छ ।

नेपाल सरकारले इजरायल र इरानबीच विकसित घट्नाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको, त्यहाँ रहेका नेपाली नागरिकहरु हालसम्म सुरक्षित रहेको जानकारी दिदै निजहरुको हितको रक्षा गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने जनाएको छ ।

साथै परराष्ट्र मन्त्रालयले स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकहरुका लागि हाल इजरायल र इरानको हवाइमार्ग बन्द रहेका कारण तेश्रो मुलुक हुँदै नेपाल फर्कनु परेमा तेश्रो मुलुकको ट्रान्जिट भिसा लिनु पर्ने अवस्था आउन सक्ने भएकोले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गर्ने समेत जानकारी दिएको छ ।

images

Single Image

Single Image

images

 

Nepal life insurance

images