काठमाडौ – बालुवाटारमा झाडापखलाका कारण विरामी परेका प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य स्थितिमा अझै उल्लेखनीय सुधार हुन सकेको छैन । ज्वरो मात्र आएर अस्वास्थ्य प्रधानमन्त्री भनिए पनि उनी झाडापखलाका कारण सिकिस्त भएका स्रोतले अर्घाखाँचीडट्कमलाई बतायो । जसको कारणले उनले कुनै राजनीतिक, सामाजिक र पारिवारिक भेटघाटसमेत गरेका छैनन् ।
उता सरकारी समाचार सस्था राससले उल्लेख गरे अनुसार प्रधानमन्त्रीले आइतबार र सोमबार दिनभरि प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा आराम गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार साँझ ८:१५ बजे वरिष्ठ चिकित्सक डा अर्जुन कार्कीले प्रधानमन्त्रीको पुनः स्वास्थ्य परीक्षण गरेका थिए ।
कार्कीका अनुसार प्रधानमन्त्रीलाई डाइरियाको पनि समस्या देखिएकाले बढी शिथिल भएको र अझै तीन दिन आराम गर्न सल्लाह दिइएको छ ।
यसैगरी काठमाडौंबाट अर्घाखाँचीडट्कमका एक जना सह्योगीले ईमेल मार्फत जानकारी गराए अनुसार प्रधानमन्त्री झलनाथ खनाल अस्वस्थ भएको कारण देखाउँदै आज बस्ने भनिएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटार