कहिलेसम्म चल्छ फेस अफ नेपाल २०२५ को अडिसन?

 

काठमाडौं । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ को यतिबेला अडिसन भइरहेको छ।  काठमाडौंको ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा विगत पाँच दिनदेखि फिजिकल अडिसन भइरहेको हो।

Nepal life insurance

आयोजक एमएस प्रोडक्सन नेपालका अनुसार अहिलेसम्म झण्डै ३० जनाको अडिसन भइसकेको र अबको केहिदिनसम्म अडिसन जारी रहनेछ। फेस अफ नेपाल २०२५ का लागी प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरिएको छ।

प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन। त्यसैले पनि अडिसनमा आउनेहरू उत्साहित देखिएका छन् र संख्यात्मक हिसाबमा अडिसनमा धेरै सहभागी भइरहेका छन्। यो बर्षबाट जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन्।

फेस अफ नेपाल की नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारण मात्रै आफूमा भएको अन्य ट्यालेन्टलाई मर्न नदिन फेस अफ नेपालमा यसपटकबाट उचाईको मापदण्ड हटाइएको जानकारी गराएकी छन्।

उनले उमेरमा भने १६ वर्ष भन्दा र ३० वर्षसम्मकाले सहभागीता जनाउन सक्ने जानकारी दिइन्। फेस अफ नेपालका बिजेताहरुले कोरियामा हुने प्रतियोगीतामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन्।

 

Nepal life insurance