शेयर बजार ओरालो लाग्ने क्रम बुधवार पनि थामिएन । यस दिन बजार परिसूचक नेप्सेमा झनै उल्लेख्य दरले गिरावट आयो । नेप्स ६ अंक बढीले झरेर ३ सय ४५ दशमलब आठ दुईमा आइपुग्यो । कारोबार भएका अधिकांश समूहका शेयर मूल्य ओरालो लागे संगै नेप्सेमा उच्च गिरावट आएको हो ।
जलविद्युत र अन्य समूहमा १० -१० अंक बढीले र वाणिज्य बैंक समूहको सूचकमा पनि ७ अंकले गिरावट आयो ।
मंगलबार स्टक एक्सचेन्जमा ८५ कम्पनीको २ लाख २३ हजार कित्ता शेयर ३ करोड २० लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ । यस दिन ५० कम्पनीको शेयर मूल्य घट्यो, २० को नगन्य घट्यो भने १५ को शेयर मूल्य यथावत् रहन गयो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्यमा सबैभन्दा उच्च १ सय रुपैयाँ र नबिल बैंकको शेयर मूल्यमा पनि ७० रुपैयाँले कमी आयो ।