देउवासँग स्वर्णिम वाग्लेको अर्थपूर्ण भेटवार्ता

 

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा वाग्लेले सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।

दुवैबीच करिब ४५ मिनेट वान टू वान वार्ता भएको स्रोतले बताएको छ । वाग्लेले कांग्रेस छोडेपछि देउवासँग भेट भएको यो पहिलो पटक हो । देउवा प्रधानमन्त्री भएकै बेला वाग्लेलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।

देउवासँग वाग्लेको भेटको समन्वय भने कांग्रेस नेता डा.नारायण खड्काले मिलाएको बुझिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोधमा रहेकै समयमा वाग्लेले देउवासँग गरेको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो भेटलाई कांग्रेस र रास्वपाको सम्बन्ध सुधारको प्रयासको रुपमा हेरिएको छ । खासगरी पछिल्ला केहि साता कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि रास्वपासँग सम्बन्ध सुधारको प्रयास गरिरहेको बुझिएको थियो ।

 

Nepal life insurance

अन्य समाचारहरु