राजीनामाबारे प्रधानमन्त्रीबाट व्यवस्थापिका संसदमा प्रतिबद्धता नजनाएसम्म प्रमुख प्रतिपक्षी कांग्रेसले सदन पर्ने

काठमाडौ  –  राजीनामाबारे प्रधानमन्त्री झलनाथ खनालले व्यवस्थापिका संसदमा नै प्रतिबद्धता नजनाएसम्म  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनको कारबाही अघि बढन नदिने भएको छ ।

पाँचबुँदे सहमतिको कार्यन्यवनको माग गर्दै निरन्तर अवरुद्ध गर्दै आएको कांग्रेसले प्रधानमन्त्रीले सदनलाई जानकारी नभई प्रतिबद्धता जनाउनु पर्ने अडान लिएको हो ।

बुधबार  कांग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मण घिमिरेले प्रधानमन्त्रीको प्रतिबद्धता बिना सदनको कारबाही अघि बढन नसक्ने बताएका हुन् ।

संसद बैठक संचालनका लागि सरकारले प्रमुख प्रतिपक्षी कांग्रेससँग सहमति गरी तयार पारेको मसयौदामा सत्तारुढ माओवादीले आपत्ति जनाएपछि गत सोमबार  प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री भरतमोहन अधिकारीले गर्ने भनिएको सम्बोधन हुन सकेको थिएन ।

सोमबार स्थगित बैठक बुधबार अपरान्ह्रका लागि बोलाइएको छ ।