चितवन – चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीका दुई गुटवीच कुटाकुट भएको छ ।
झडपमा केही बिद्यार्थी घाइते भएका छन् । क्याम्पसमा प्रचण्ड र बैद्य समुहका बिद्यार्थीबीच समानान्तर क्याम्पस इकाइ गठनका क्रममा बिबाद भएपछि कुटाकुट भएको हो ।
झडपका कारण क्याम्पस क्षेत्र तनावग्रस्त बनेको छ । प्रचण्ड समुहका बिद्यार्थीको कुटाइबाट बैद्य पक्षधर क्याम्पस स्ववियू सदस्य लच्छराम बिक र इकाइ अध्यक्ष प्रकाश कंडेल घाइते भएका छन् ।