




काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा विभिन्न १० मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक विनियोजनमाथि छलफल हुनेछ। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुने कार्यसूची रहेको छ ।



