नौबिसे–मलेखु सडकखण्ड दुई दिन रातिमा बन्द हुने

 

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आइतबार र सोमबार रातको समयमा बन्द हुने भएको छ ।

Nepal life insurance

राति १०: ३०  देखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको हो।

नौबिसे–मलेखु सडकखण्डस्थित धादिङको गजुरी गाउँपालिकाअन्तर्गत गलौदी खोलामा आरसीसी बिम राख्ने काम गर्न बाँकी रहेका कारण असार ८ आइतबार र सोमबार ९ गते २ दिन रातको समयमा सवारीसाधन बन्द गर्न लागिएको हो ।

सो समय अत्यावश्यक सवारी साधन भने संचालन हुने जानकारी दिइएको छ ।

Single Image

Nepal life insurance