तीन दशक यता पार्टीबाट सरकारमा गएका सबैको सम्पत्ति छानविन गरौं : गगन थापा

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पती छानविन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने पस्ताव गरेका छन् ।

Nepal life insurance

आईतवार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयको अन्तरक्रिया कार्यक्रममा  महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् । भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जीको भरोसा जित्न नसकिने उनको भनाइ छ । उनले कुनैपनि दलप्रति पूर्वाग्रही नभएको  व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पत्ति छानविन गर्ने अधिकार दिनुपर्ने बताए

छानविनका क्रममा जजसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गर्न सके मात्र जेन–जी पुस्ताले आफूहरुका कुरा सुन्ने थापाले बताए । नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको समेत  उनले बताए ।

‘२०४६ सालको अन्दोलनपछि नेपाली काँग्रेस सत्तामा आएको हो । नेपाली काँग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो–जोले जिम्मेवारी लिएका छौँ । वितेका ३० वर्षभन्दा लामो समयको संसदबाटै पूर्वन्यायाधीशको संयोजकमा छानविन आयोग बनाउँ । देशले पत्याएको पूर्वन्यायाधीश छानौँ । निष्पक्ष काम गर्ने मान्छे छानौँ । थापाले भने, यस्तो मान्छे छानौँ कि त्यो एमाले, काँग्रेस माओवादी केही पनि नहोस् । र त्यो व्यक्तिलाई २०४६ सालपछिका जिम्मेवारीमा बसेका सबै नेताको सम्पत्ती छानविन गर्न भनौँ । र त्यो छानविन गराउँदै गर्दा जो जनो मान्छे पर्छ, जतिसुकै शक्तिशाली मान्छे परेपनि आयोगले जे कुरा लिएर आउँछ त्यो कुरालाई मान्छ भनेर हामी आँट गर्यौं भने बल्ल जेन–जी पुस्ताले हाम्रो कुरा सुन्छ ।  यो पुस्ताको गुनासो सम्बोधन नगरीकन अब हामी उनीहरुका बीचमा जान सक्दैनौँ । यो नेपाली काँग्रेसका लागि सबैभन्दा ठूलो चुनौती हो ।’

विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरुलाई परिवारको लागि कमाउ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको  पनि उनले बताए । -SP

images

 

Nepal life insurance

images