हास्यस्पद ‘छानवीन समिति’ ले सरकार र विपक्षीको छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पार्यो- बाबुराम

 

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भिजिट भिसा प्रकरणमा सरकारले हास्यस्पद ‘छानवीन समिति’ बनाएको बताउदै सत्ताधारी र प्रमुख प्रतिपक्षी दल र नेताहरूको राज्यदोहनकारी र  छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पारेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. भट्टराईले अब भिजिट भिजा प्रकरण मात्र हैन यी तीन ठुला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, ६० किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली,उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष  संयन्त्रमार्फत छानवीन गरिनुपर्ने र दोषीहरूलाई हदैसम्मको कार्वाही गरिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्- 

चर्चित भिजिट भिसा प्रकरणमा एक जना पूर्व प्रमुख कर्मचारीको नेतृत्वमा वहालवाला कनिष्ठ कर्मचारीहरू भरेर बनाएको हास्यस्पद ‘छानवीन समिति’ ले  सत्ताधारी र प्रमुख प्रतिपक्षी दल/नेताहरूको राज्यदोहनकारी र  छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पारेको छ।

जनयुद्ध शुरू गर्नु पहिले हामी तत्कालीन राजतन्त्र सहितको संसदीय प्रणालीको यस्तै पाखण्डी हर्कतलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ भनेर भण्डाफोर गर्थ्यौं र जनताको वास्तविक सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रको पैरवी गर्दथ्यौं।

तर आज जनताको त्यत्रो बलिदानीपूर्ण संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई ‘पुराना जोगी’माथि एक ‘नयाँ जोगी’ थपिएर उस्तै पाखण्डपूर्ण हर्कत गर्छन् र जनताको सहज बुद्दि ( कमन सेन्स) माथि समेत खेलबाड गर्छन् भने त्यो नेपाली जनता र वैकल्पिक राजनीतिक शक्तिहरूलाई मान्य हुन सक्दैन।

images

अब भिजिट भिजा प्रकरण मात्र हैन यी तीन ठुला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली,उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष  संयन्त्र मार्फत छानवीन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कार्वाही गरिनुपर्छ ।

 

images

Nepal life insurance