अर्घाखाँचीको भूमिकास्थानले ल्यायो ८३ करोड ९४ लाखको बजेटः उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई

असार–११,अर्घाखाँची  – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ८३ करोड ९४ लाख ७४ हजार रुपैयाँको बजेट ल्याएको छ । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्धनलाई प्राथमिकता दिएको यो बजेटले भूमिकास्थानको सर्वाङ्गीण विकासमा जोड दिएको छ ।

१७औँ नगरसभामा उपप्रमुख बालकृष्ण बन्जाडेले बुधबार बजेट प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कुल विनियोजित रकम मध्ये चालु खर्चतर्फ ५४ करोड १६ लाख ८९ हजार र पुँजीगत खर्चतर्फ २९ करोड ७७ लाख ८५ हजार छुट्याइएको छ ।

May be an image of 2 people, dais and text

बजेटका मुख्य स्रोतहरूमा संघिय सरकारबाट ७६ करोड ९३ लाख ७४ हजार, प्रदेश सरकारबाट ४ करोड ६९ लाख, नगरपालिकाको आन्तरिक स्रोत ८२ लाख र गत वर्षको अल्या गरि २ करोड ३२ लाख रुपियाँ समेटिएको छ । नागरिकको घरदैलोमा स्थानीय सरकार रहेको प्रत्याभूति हुनेगरी बजेट र कार्यक्रम ल्याइएको भूमिकास्थानका नगरप्रमुख झविलाल थापाले बताउनुभएको छ ।

May be an image of 5 people and people studyingNepal life insurance

प्रत्येक नागरिकलाई उत्पादनसंग जोडेर स्वरोजगर र आत्मनिर्भर बनाउने लक्ष्य रहेको उहाँको भनाई छ । नगरपालिकाका सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, शिक्षाको गुणस्तर सुधारमा बिशेष कार्यक्रम, स्वास्थ्य सेवालाई सहज बनाउन शिविर संचालन, विद्यालय नर्स कार्यक्रम संचालन, गरिब, सुत्केरी, जेष्ठनागरिक, अपाङ्गता भएकाहरु, बालबालिका लगायतका वर्गलाई बिशेष प्राथमिकता जस्ता कार्यहरू अगाडि बढाउने नगरप्रमुख थापाको भनाई छ ।

May be an image of 12 people, people smiling and text

कृषि तथा पशुपालन तर्फ कृषकको उत्पादनलाई नगरपालिकाले सकंलन गरी बिक्री वितरण गर्ने, रैथाने बाली अन्तर्गत कोदो, जौ, फापर, भटमास, मास लगायतको संरक्षण र प्रवद्र्धन गर्ने गरि बजेट तथा कार्यक्रम ल्याइएको प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले जानकारी दिनुभएको छ ।

May be an image of 2 people, people studying and temple

भौतिक पूर्वाधार तर्फ आउने बर्ष भूमिकास्थानको प्रशासकिय भवन निर्माण गर्नेगरि बजेट विनियोजन भएको उहाँको भनाई छ । बालमैत्री स्थानीय शासन अवलम्बन, वडा तहदेखि अन्तरपालिका तथा अन्तर जिल्ला जोड्ने सडकमार्गको स्तरवृद्धि संगै महिला, बालबालिका, अपाङ्गता भएका नागरिकहरूमा विशेष कार्यक्रम, मनसुनजन्य विपद् व्यवस्थापन र विपद्बाट घरबास विहीन परिवारलाई राहत, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, न्यायमा सरल, सहज पहुँच पुग्ने कार्यक्रम भूमिकास्थानले ल्याएको भूमिकास्थानका योजना अधिकृत तथा सुचना अधिकारी हरिश्चन्द्र भुसालले बताउनुभएको छ ।

May be an image of 3 people, people studying and text

दलित तथा जनजाती समुदायको ज्ञान, सीप, पेसालाई आधुनिकीकरणसंगै उद्योगको रूपमा विकास तथा प्रोत्साहन गर्ने, ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण तथा जेष्ठनागरिक सम्मान, स्थानीय स्तरका सांस्कृति क्षेत्र र खेलकुदलाई प्रोत्साहन, बाँझो जमिनमा कर्मशिल जनशक्ति परिचालन मार्फत सामूहिक खेतीको

May be an image of 12 people, people studying and text

विकास, मकैको पोष्कर र थाकलको पातबाट झोला एवं् टोपी तथा बाँसका सामाग्री निर्माण गरि बिक्रि, पर्यटकीय स्थलको विकास र पर्यटक आगमनका कार्यहरू, पारदर्शी र सुशासनमैत्री सेवा प्रवाह, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण लगायतका कार्य गर्ने गरी बजेट र कार्यक्रममा समेटिएको नगरपालिकाले जनाएको छ ।

May be an image of 2 people, people studying and temple

यो बजेटले भूमिकास्थानको चौतर्फी विकास र नगरवासीको हितमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको नगर उप–प्रमुख बालकृष्ण बन्जाडेको भनाई छ । स्रोत सीमित भएपनि सहभागिता मूलक र आवश्यकतामा आधारित बजेट निर्माण गरिएको नगरप्रमुख थापाको तर्क छ ।

थप तस्बिर :

May be an image of 2 people, dais and text

May be an image of 1 person and studying

May be an image of 5 people and people studying

May be an image of 6 people

May be an image of 1 person, hospital and text

May be an image of ‎4 people and ‎text that says "‎इख्, হাে उडोर शेशरार बলয় अਕਡमਕਣੀ मন आपार" भूमिकास्थान नगरपालिका नगर नगरपभाको भाको ৭७ औ धिवेशन बैठकसंख्या: बैठक संख्या: ححع อริ‎"‎‎

May be an image of 12 people, people smiling and text

Nepal life insurance