अर्घाखाँची पालिका बजेट २०८२/०८३ : “अर्घाखाँचीका ६ पालिकाले परम्परागत ढाँचामा बजेट प्रस्तुत गरे, नयाँ तथा रूपान्तरणकारी योजनाको अभाव” , “देखिएन बजेटमा उल्लेख्य नवीनता” (पुरा पालिकागत बिवरण सहित )

अर्घाखाँची पालिका बजेट: “अर्घाखाँचीका ६ पालिकाले परम्परागत ढाँचामा बजेट प्रस्तुत गरे, नयाँ तथा रूपान्तरणकारी योजनाको अभाव” , “देखिएन बजेटमा उल्लेख्य नवीनता” (पुरा पालिकागत बिवरण  सहित )

 

 

अर्घाखाँची – अर्घाखाँचीका ६ वटै पालिकाले आर्थिक बर्ष २०८२/०८३ का लागि बजेट आ आफ्नै सभामा बजेट प्रस्तुत गरेका छन । परम्परागत शैली र भाषामा आएका बजेटहरुमा अधिकाशं पुरानै योजनाहरु समाबेश छन ।

बजेटको परिचय

जिल्लाका छ वटै पालिकाहरुले कृषि ,पर्यटन र पुर्वाधार बिकासमा जोड दिने पुरानै नारा दोहोर्याए पनि ठोस नीति अवलम्बन गर्ने कुनै स्पस्ट योजना दिन नसकेको सरोकारवालाहरुको भनाइ रहेको छ ।

विभिन्न फोटाहरु

Nepal life insurance

कृषि , पर्यटन र पुर्वाधार , सामाजिक बिकासमा जोड दिने जस्ता कुरा पालिकाहरुको बजेट वक्तव्यमा लेखिएतापनी बीउ बितरण र बिरुवामा छुट जस्ता कार्यको निरन्तरतालाई नै जनप्रतिनिधिहरुले ठूलो सफलता मान्दै आएका छन । कुनै दिर्घकालिन योजना ल्याउन छ वटै पालिका असफल भएका छन । सन्धिखर्क्र नगरले स्थानिय उत्पादन लेबलिङ र बजारीकरण गर्ने भनेता सरोकारवाला बिस्वस्त भने छैनन ।

यस्तो छ बजेटको पालिकागत बिवरण

सन्धिखर्क नगरपालिका

१अर्व ११ करोड १४ लाखको बकेट पेश गरेको सन्धिखर्क नगरपालिकाले बीउ पल बितरण र बिरुवामा छुट जस्ता बितरण मुखि योजना कायम राखेको छ । स्थानीय कृषि उत्पादनको प्रशोधन, भण्डारण, ब्राण्डिङ, प्याकेजिङ, लेबलिङ गरेर उत्पादित वस्तु जिल्ला र ठूला सहरहमा निर्यात गरिने बजेटमा उल्लेख छ । कृषि उद्यमबाट स्थानीयलाई रोजगारी बनाउने नीति अघि सारेको हो ।

सन्धिखर्क नगरपालिकालाई खाद्यान्नमा आत्ननिर्भर बनाउन लुम्बिनी प्रदेश विशेष कार्यक्रम अन्तरगत नवीनतम प्रविधि अन्तर्गतको धान, मकै बाली प्रवर्द्धन गर्ने उल्लेख छ । जसका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, रैथाने बाली कोदो, फापर, जुनेलो, झिलिङी, कालो काउली, गहत, लट्टे प्रवर्द्धन गर्न कृषकलाई निःशुल्क बीउ वितरण गरिने भएको छ । कृषि व्यवसायलाई आधुनिकीरकण र यान्त्रीकरण गर्ने आचार्यले विनियोजन गरेको बजेटमा उल्लेख छ ।

तरकारी पकेट विकास कार्यक्रम, कफी पकेट र सुन्तला विशेष कार्यक्रम ल्याइने भएको हो । एभोगाडो, ड्रागन फुड, कागती, आरुबखडा लगायतका सहित हिउँदे तथा वर्षे फलफूल खेतीको लागि बिरुवमा ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको हो ।

कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास लगायतका काममा बजेट विनियोजन गरिएको छ । क्षेत्रफलका हिसाबले देशैको ठूलो अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि उद्यमबाट स्थानीयलाई रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको छ ।

शितगंगा नगरपालिका

९३ करोड ६७ लाख ५० हजारको बजेट पेश गर्दै क्षेत्रफलका हिसाबले देशैको ठूलो अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि उद्यमबाट स्थानीयलाई रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको छ ।

वडा कार्यालयसँगको समन्वयमा सहकारी मार्फत कृषि उद्यमशिलता कार्यक्रम सवै वडामा सञ्चालन गरी कृषि तथा पशु विकास सम्बन्धी उत्पादन बढाउने भएको छ । उपप्रमुख गीता भाटले सार्वजनिक गरेको बजेटमा कृषि तथा पशु विकासका माध्यमबाट रोजगारी सृजना र आयआर्जन बढाइने बताइएको छ । किसान सूचीकरणको गरिने उल्लेख छ । पालिकाको बजेट बक्तव्यमा सुशाशन , पारदर्शितामा जोड दिने , ओआलिकाको बिकास र समृद्धिमा लागिपर्ने जस्ता लगायत पुरानै भास्यहरु समाबेश पनि गरिएको छ ।

मालारानी गाउपालिका

६२ करोड ९२ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको मालारानी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उपाध्यक्ष दीपा पोखरेलले सार्वजनिक गररेको बजेटमा पालिकाका सडकलाई पिच गर्ने, कृषि ब्यावसायमा जोड दिएर , पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई स्वरोजगार बनाउने उल्लेख गरिएको छ ।

पालिकाको समह्र समृद्धिको लागि सुन्तला, फलफुल , कोदो खेती विस्तार सहित स्थानीय बालीको संरक्षण गर्दै बाँझो बारी नराख्ने र उत्पादन बढाउने लक्ष्य लिइएको छ । कृषि तथा पशु उद्यमशीलता विकास परियोजनालाई बहुवर्षीय रुपमा सञ्चालन पनि पालिकाले गर्ने भएको छ । सामुदायिक स्कुलको शैक्षिक गुणस्तरवृद्धि गर्ने, सबै नागरिकको स्वास्थ्य सेवा लगायत पुरानै कार्यक्रम तथा योजनालाई निरन्तरता दिइएको

छत्रदेव गाउँपालिका

छत्रदेव गाउँपालिकाले ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न २०औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष मनि पन्थीले बजेटको सिलिङ्ग नगरसभामा प्रस्तुत गर्नुभएको हो।

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न सभामा ‘सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नारालाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो।

यसपटकको बजेटमा शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै २ करोड २८ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, युवा तथा खेलकुदका लागि ४७ लाख ६५ हजार, कृषि विकासका लागि ससर्त बाहेक १ करोड १६ लाख १० हजार र पशुपन्छी विकासका लागि ४६ लाख ३५ हजार रुपैयाँ छुट्याइएको छ।

त्यस्तै जलस्रोत तथा सिंचाइका लागि ससर्त बाहेक ७ लाख, पर्यटन विकासका लागि ३० लाख ८५ हजार, स्वास्थ्य क्षेत्रमा संघीय ससर्त समेत ४९ लाख ९९ हजार ५ सय तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका लागि ७२ लाख ५५ हजार १ सय ३६ रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले स्रोतसाधनको अधिकतम उपयोग गर्दै समावेशी र दिगो विकासलाई प्राथमिकता दिने बताएको छ।

पाणिनि गाउँपालिका

७२ करोड २० लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाले यसपटक कृषि, धार्मिक पर्यटन र रोजगारी सिर्जनालाई बजेटको प्रमुख प्राथमिकतामा राखेको छ।

दिगो भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सुधार, सामाजिक सुरक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन र स्थानीय स्रोत साधनको सन्तुलित विकासलाई पनि बजेटले उच्च महत्व दिएको छ।

यसका साथै, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवर्द्धनमा समेत गाउँपालिकाले जोड दिएको छ। बजेटमा प्रत्येक वडाका लागि ४० लाख रुपैयाँको सिलिङ तोकिएको छ, जसले स्थानीयस्तरमा विकास निर्माणका कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।

भुमिकास्थान नगरपालिका

भुमिकास्थान नगरपालिका ८३ करोड ९४ लाख ७४ हजारको बजेट ल्याएको भुमिकास्थान नगरपालिकाले कृषि, पर्यटन, उद्योग र ब्यापारलाई आर्थिक समृद्धिको आधार मानेको भूमिकास्थानले क्क्ककर्मशिल जनशक्ति परिचालन मार्फत बाझो जग्गामा उत्पादन, व्यवसायीक कृषिको प्रबर्द्धन, रैथाने बाली संरक्षण/प्रबर्द्धन, जडिबुटी उत्पादन/प्रशोधन, अर्गानिक बालीको बीउ उत्पादन र बजारीकरणलाई जोड , मातहतका स्कुलको शैक्षिक गुणस्तर सुधारको बिशेष योजना, सिक्दै/कमाउदै/रमाउदै विद्यालय कार्यक्रम,आम नगरवासीलाई प्रदान हुँदै आएको सेवालाई अझ सहज र पहुँचयुक्त बनाउनेलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।

 

Nepal life insurance