






काठमाडौं । टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् ।


विहिबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले उनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


काठमाडौँ सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा उनीबिरुद्ध मुद्दा दायर गरेको थियो ।


बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गर्दै टिकटक बनाएका कारण प्रहरीले साइबर कानुन प्रयोग गर्दै असार १ गते पक्राउ गरेको थियो ।




