
काठमाडौ – प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पदबाट आइतबार राजीनामा दिएपछि राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरुलाई एक साताको म्याद दिएका छन् ।
एक साताको म्याद दिई राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया थालनी गरेका हुन् ।
अन्तरिम संविधान २०६३ अनुसार राष्ट्रपतिले पहिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुलाई भाद्र ४ गते साँझ ५ बजे सम्मको समय दिएका छन् ।
अन्तरिम संविधानको धारा ६३ को उपधारा १ अनुसार राष्ट्रपतिले दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि समय दिएका छन् ।
राष्ट्रिय सहमतिको सरकार गठन हुन नसके संविधानको धारा ६३ को उपधारा २ अनुसार बहुमतीय सरकारका लागि संसदमा निर्वाचन हुनेछ ।