सहमति नभए बहुमतीयबाटै भए पनि बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने माओवादी टोपबहादुर रायमाझीको दाबी

काठमाडौं – सहमति नभए बहुमतीयबाटै भए पनि उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने दाबी माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले गरेका छन् ।

 

काठमाडौंमा रिपोर्टर्स क्लवको साक्षात्कारमा नेता रायमाझीले माओवादी सहमतिकै सरकारको पक्षमा रहेको तर बहुमतको सरकार निर्माण गर्नु पर्ने अवस्थामा पनि भट्टराई नै उमेदवार बन्ने निर्णय पार्टीले गरिसकेको बताए ।

 

रायमाझीले माओवादी शान्ति प्रक्रियालाई निष्कर्समा पुर्‍याउने ठोस समयसीमा सहितको कार्ययोजना ल्याउन तयार रहेको स्पष्ट पारे ।’शान्ति प्रक्रियाका सम्बन्धमा अरु दलमा रहेका आशंका मेटाएर माओवादीले विश्वासको बातावरण बनाउनु पर्छ । त्यसको लागि हामी तयार छौं,’ उनले भने ।

 

उनले शान्ति प्रक्रिया, संविधान निर्माण र शक्ति बाँडफाटको विषयमा प्याकेजमै सहमति गरेर सहमतिको सरकार गठन गर्नु पर्ने भन्दै फेरि पनि बहुमतको सरकार गठन गर्ने भए प्रधानमन्त्री झलनाथ खनालको राजीनामाको औचित्य पुष्टि गर्न नसकिने ठोकुवा गरे ।

 

‘शान्ति र संविधानको बकालत गर्ने भट्टराईलाई सहमतिको सरकार गठन गर्न पार्टीबाट अवरोध हुँदैन,’ उनले भने, ‘शान्ति र संविधानमा सर्वसम्मतले निर्णय गर्छ । अध्यक्ष प्रचण्ड, उपाध्यक्षहरु किरण, प्रकास र महासचिव बादलले नै भटट्राईलाई सहमतिको प्रधानमन्त्री बनाउन पहल गर्नु हुन्छ ।’

 

Image / PHOTO: TOP BAHADUR RAIMAJHI, ARGHAKHANCHI