बलिउड अभिनेता शम्मी कपूरको अन्तिम संस्कार





शम्मी कपुरकी नातिनी तथा नायक सैफअली खान अन्तिम श्रदाञ्जलिका क्रममा कपुर निवासमा। तस्बिर : एएफपी



मुम्बई – बलिउड अभिनेता शम्मी कपूरको अन्तिम संस्कार भएको छ। आइतबार बिहान उनको निधन भएको हो । 



अमेरिकामा रहेका उनका नाति नफर्किएकाले अन्त्येष्टि सोमबार बिहान ११ बजेसम्मका लागि सारिएको परिवारले जनाएको छ।



शम्मी कपूरप्रति अन्तिम श्रद्धाञ्जलि दिन बलिउडका चर्चित कलाकार र विभिन्न क्षेत्रका व्यक्तिहरु कपूरको मालाबार हिलस्थित ब्ल्यु हेभनमा हिजो पुगेका थिए। अमिताभ बच्चन र उद्योगी अनिल अम्बानीले पनि निवासमा पुगेर उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए।



कलाकार शशी कपूर अन्तिम श्रद्धाञ्जलि दिएर फर्कँदै। तस्बिरः एएफपी



Shashi and Rishi Kapoor

Seen here, is Shammi’s younger brother Shashi Kapoor (in the wheelchair), and nephew Rishi Kapoor.

Aamir Khan

Aamir Khan

Anupam Kher and Imran Khan

Anupam Kher and Imran Khan

Tanuja, Tanisha and Kajol

Tanuja, Tanisha and Kajol

Tinnu Anand and Aditya Raj

Tinnu Anand and Aditya Raj

Saif Ali Khan

Saif Ali Khan


Indian Bollywood actress Priyanka Chopra attends the funeral of Shammi Kapoor in Mumbai .


Indian industrialist Anil Ambani (left) and actor Rishi Kapoor (centre) help carry the mortal remains of Shammi Kapoor

 

– एजेन्सी

 





हिन्दी सिनेमाका चर्चित अभिनेता शम्मी कपुरको निधनले बलिवुड शोकमा



मुम्बइ – बेजोड अभिनयका कारण ५० र ६० को दसकमा हिन्दी सिनेमाको पर्दाका चर्चित अभिनेता शम्मी कपुरको आइतवार विहान निधन भएको छ । ७९ वर्षका कपुर पछिल्ला केही वर्षदेखि विरामी थिए ।


उनको मृगौलाले काम नगरेपछि डाइलासिस गरिंदै आएको उनको पारिवारिक स्रोतले बताएको छ । सातामा तीनपटकसम्म डाइलासिस गर्नुपर्ने भएका उनी मुम्बइको बीच क्याण्डी अस्पतालको गहन चिकित्सा इकाइमा उपचाररत थिए । उनको परिवारमा पत्नी नीलादेवी, छोरा आदित्यराज र छोरी कञ्चन देसाइ छन् । उनको अन्तिम संस्कार सोमबार गरिने भएको छ ।

images

सन् १९५३ देखि बलिवुडमा देखापरेका कपुरको पहिलो चलचित्र �जीवन ज्योति� थियो । १९६१ मा सुपरहिट भएको �जंगली� चलचित्रले उनलाई बलिवुडमा बलियो रूपमा स्थापित भएको हो । भारतका एल्विस प्रेसले भनिने उनले त्यसबेला अभिनय यात्रा थालेका हुन् जुनबेला उनका दाजु राज कपुर, देव आनन्द र दिलिप कुमार छाएका थिए ।


उनको वास्तविक नाम शमसेर राज कपुर थियो । २१ अक्टुबर १९३१ मा जन्मेका शम्मी कपुर भारतीय रंगमञ्चका चर्चित कलाकार पृथ्वीराज कपुरका कान्छा छोरा हुन् । अभिनय क्षेत्रको पारिवारिक पृष्ठभुमी भएपनि उनको सुरुआती समयका �रेल का डिब्बा� मा मधुवाला, �शमा परवाना� मा सुरैया र �हम सब चोर है� मा नलिनी जयवंतका साथ अभिनय गरेपनि सफल हुन सकेका थिएनन् । पचासको दसकमा �डक�टेल� शैलीको हेयर स्टाइल बनाएर उनले �तुम सा नही देखा� मा आफुलाई फरक रूपमा पेश गरे । सन् १९६१ मा जंगली हिट भएपछि उनी पुरा दसकसम्म चर्चित भइरहे ।

images

दर्शकले उनलाई �सुकु सुकु�, �ओ हसिना जुल्फोंवाली�, �आज कल तेरे मेरे प्यार के चर्चे, र �आ आ आजा मै हूँ प्यार तेरा� जस्ता गीतमा फरक प्रकारको प्रस्तुतीले सम्झन्छन् । कश्मीर की कलि, एन इभिनिङ इन पेरीस, राजकुमार, जानवर जस्ता केही चलचित्रमा उनको अभिनयलाई लिएर प्रश्नहरू उठेका थिए । तर, जंगली, बदतमीज, ब्लफ मास्टर,पगला कहीं का, तीसरी मंजिल र व्रम्हचारी चलचित्रको सफलताले उनका आलोचकको मुख बन्द गरिदिएको थियो ।


सन् १९७१मा आएको �अंदाज� र त्यपछिका सुभास घइका �विधाता�, �हिरो� र राज कपुरको �प्रेम रोग� चलचित्रमा उनी चरित्र अभिनेताको रूपमा प्रस्तुत भए । सूचनाप्रविधि रूचाउने कपुर जीवनका पछिल्ला वर्ष अध्यात्मतर्फ आकर्षित थिए ।

images

उनको निधनमा बलिवुडले शोक मानेको छ । महानायक अमिताभ बच्चनले ट्वीटरमा लेखेका छन् �शम्मी कपुरजीको आज विहान सवा ५ बजे निधन भयो । म त्यहा जादैछु । फिल्म उद्योगका मस्तमौला अभिनेता हाम्राबीच रहनु भएन ।� निर्देशक मधुर भण्डारकरले लेखेका छन् �शम्मीजीको निधनको खबरले म दुखी छु । उहाँ भारतीय सिनेमाको याहू हुनुहुन्थ्यो । तपाइका आकर्षण र जीवन हामी सबै सधै सम्झनेछौ ।�  


पछिल्ला दिनहरुमा उनी भारतको इन्टरनेट प्रयोगकर्ता समुदायका संस्थापक अध्यक्ष थिए। आफ्नो फेसबुक पेज र ट्विटर अकाउन्टमा उनी व्यस्त थिए।


“याहू” उनको सबैभन्दा चर्चामा रहेका गीतहरु मध्ये एक हो। यो इन्टरनेटमा याहू कम्पनी स्थापना हुनुअघिको गीत हो।






उनका अरु केही चर्चित गीतहरु

 

एजेन्सी