कुलिङ पिरियडः रामहरी खतिवडालाई राजिनामा दिन मनिष झाको सुझाव

 

काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ राख्ने सहमति बिपरित कार्य गरेकाे भन्दै राज्य ब्यवस्था सभापति रामहरी खतिवडाले राजिनामा दिनु पर्ने बताएका छन् ।

Nepal life insurance

राज्य ब्यवस्था समितिमा राखिएकाे ‘कुलिङ पिरियड’ संसदमा सो बिधेयक प्रतिबेदन लैजादाँ सभापति खतिवडाले हटाएर पास समेत गराएको भन्दै सांसद झाले राजिनामा माग गरेका हुन् ।

‘राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाज्यु, निजामती बिधेयकमा, तपाईले सङ्घीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ झाले प्रश्न गर्दै भनेका छन कि, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।’

उनले सो बिधेयक पारित गराउने सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूलाई पनि सामाजिक सञ्जालवाट ब्यंग्य गरेका छन्, ‘र, पढ्दै नपढेर ‘हुन्छ’ र  ‘हुँदैन’ भन्ने (सांसद) हरूलाई ‘कुरी कुरी’ ।’

रास्वपाले भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजिनामा माग गरिरहेको बेला अब राज्य ब्यवस्था सुशाषन समितिका सभापति खतिवडाको राजिनामा माग गर्ने तयारी गरेको बुझिएको छ ।

images

निजामति सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ राख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे बिधेयकमा भने ‘कुलिङ पिरियड’ नराखी पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे अालाेचना भइरहेकाे छ  ।

 

images

Nepal life insurance

 

images