तरुण दललाई मङ्सिरसम्म महाधिवेशन गर्न पार्टीको निर्देशन, तोडियो सानेपाको अनशन

 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संगठन नेपाल तरुण दलको अनसन तोडिएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खडका र महामन्त्री गगन थापाले बुधबार साँझ अनसन तोडाएका हुन् ।

जारी कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते अनिवार्य रुपमा महाधिवेशन गर्न निर्देशन दिने निर्णय गरेपछि अनसन तोडिएको हो ।

तीन वर्षअघि तीन महिनाभित्र महाधिवेशन गर्न पार्टीले गठन गरिदिएको तदर्थ समितिले तीन वर्ष पूरा हुँदासमेत महाधिवेशन नगरेको भन्दै केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटाले पार्टी मुख्यालय बीपीनगर सानेपामा आमरण अनसन गरिरहेका थिए ।

अन्तिम पटक कांग्रेसले गत चैतभित्र महाधिवेश गर्न बाँकी भ्रातृ संस्थालाई निर्देशन दिएपनि अहिलेसम्म महाधिवेशन हुन सकेको छैन ।

अध्यक्ष विद्वान गरुङले तीन वर्षमा एउटा अधिवेशन गर्न नसकेको, ५० भन्दा बढी जिल्लामा मनपरी कार्यवाहक नियुक्ति गरेको र पार्टीको निर्देशनसमेत अटेर गर्ने यस्तो नेतृत्वले तरुण दलको पतनको मार्ग खोलेको आरोप उनीहरुले आरोप लगाएका थिए ।

 

Nepal life insurance

अन्य समाचारहरु