– कृष्ण खनाल
बुटवल भदौ २ । माथिल्लो कर्णाली सम्झौता विरुद्ध नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले रुपन्देहीमा आन्दोलनको सुरुवात गरेका छन् ।
आज बुटवलको पुस्पलाल पार्कमा एक कोणसभाको आयोजना गर्दै उक्त आन्दोलनको घोषणा गरिएको हो ।
कोणसभामा बोल्दै नेपाल क्रान्तिकारी युवा संघका केन्द्रिय सदस्य शंकर भण्डारीले माथिल्लो कर्णाली सम्झौता देशघाती भएकोले यसको विरोध गरिएको बताउनुभयो ।
उहाँले उक्त सम्झौताको कारण नेपाली जनताले बिजुली मात्र नभई आफ्नै देशको पानीबाट नेपाली जनताले स्वामित्व गुमाउने हुनाले यसको विरोघमा आन्दोलन सुरु गरिएको स्पष्ट पार्नुभयो । त्यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय सदस्य पनि रहनुभएका रुपन्देही जिल्ला अध्यक्ष रामचन्द्र श्रेष्ठले देशको सार्वभौमिकताको पक्षमा नेपाल मजदुर किसान पार्टी र यसका भातृ संगठनहरु पटक पटक आन्दोलन गरीआएको चर्चा गर्दै फेरि पनि सार्वभौमिकताको पक्षमा एकजुट हुन आह्वान गर्नुभयो ।
सो कोणसभा नारायण पराजुलीको सचालनमा सम्पन्न भएको थियो । आन्दोलनरत संगठनहरुले सो आन्दोलन निरन्तर हुने बताएका छन् ।