प्रहरीसँगको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न (तस्बिर सहित)

images

 

-धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तुकाे कृष्णानगर नगर पालिका वार्ड -१२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई’ कार्यक्रम समापन भएको छ ।

May be an image of 6 people, speaker and text

Nepal life insurance

ईलाका प्रहरी कार्यालय कृष्णानगर र प्रहरी चौकी कार्यालय बेदार्मी आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

May be an image of 11 people

कार्यक्रममा उपस्थित केही व्यक्तिहरुले सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको गुनासो गरेका थिए । त्यस्तै भीआईपीलाई बढी सुरक्षा र सर्वसाधारण असुरक्षित भएको गुनासो गरेका थिए भने प्रहरीलाई आवश्यक सवारी नभएको पनि गुनासो आएको थियो।

May be an image of 9 people

उनले पहुँचका भरका अपराधी सुरक्षित हुने दिन सकिएको भन्दै अन्यायमा परेकाले न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे ।

May be an image of 5 people and people studying

कृष्णानगरका ईलाका प्रहरी प्रमुख इश्वर लौडारीले सार्वजनिक सुनुवाई कार्यक्रम सफल भएको बताउँदै उपस्थित भएर गुनासो राखिदिएकोमा धन्यवाद व्यक्त गरे ।

May be an image of 9 people

गुनासोको सम्बोधन गर्दै ईलाका प्रहरी कार्यालय कृष्णानगरका प्रमुख इश्वर लौडारी माथिल्लो निकायले दिएको गैरकानुनी आदेश पालना गर्न प्रहरी बाध्य नहुने र सुरक्षाका दृष्टिकोणले सबै समान रहेको बताए । उनले प्रहरीसँग आन्तरिक स्रोत साधनको कमी रहेको स्वीकार गरे ।

May be an image of 6 people, speaker and text

Nepal life insurance

अन्य समाचारहरु