रास्वपाले बालबालिकाको दुरुपयोग गरेको भन्दै महेश बस्नेतको आपत्ति

images

 

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हस्ताक्षर अभियानमा बालबालिकाको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

नेता बस्नेतले  बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय भएको बताउदै बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रबि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलायर उनको पक्षमा बोल्न लगाउने काम आपत्तिजनक रहेको बताएका छन् ।

उनले भनेका छन्- ‘अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन् । सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो ।’

साथै बस्नेतले कानुनको शासन र बालअधिकारको संरक्षण सधैं पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु