सहमतीको सरकार बनाउन दलहरुलाई दिएको एक हप्ते म्याद आज समाप्त हुँदै

– सहमतीको सरकार बनाउन राष्ट्रपतिले दिएको समाप्त हुनै लागेपनि त्यस्तो सरकार बनिहाल्ने देखिन्न।



सहमतीको सरकार बनाउन राष्ट्रपतिले दलहरुलाई दिएको एक हप्ते म्याद आज समाप्त हुँदै छ भने अहिले सम्म सहमतिको सरकार बन्ने संकेत देखिएको छैन।


प्रधानमन्त्रीका प्रत्यासी दुवै दलहरु एकीकृत माओवादी र नेपाली कांग्रेस अन्तिम क्षणमा आफुहरुलाई एक अर्काको समर्थन मिल्ने आशामा छन्।


आइतबारसम्म कसैले बाजी मार्न नसके राष्ट्रिय सहमतिको सरकार बनाउन राष्ट्रपतिसँग थप समय मागिने संभावना छ।


प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिकामा रहेका संविधान सभाको सबभन्दा ठूलो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति अहिले धेरैको ध्यान केन्द्रित छ।


उनले शनिबार फुटबल खेलाडिलाई पुरस्कार दिने एउटा कार्यक्रममा प्रतिकात्मक रुपमा भोलीसम्म पनि सरकार बन्न सक्ने आशा देखाएका थिए।

 

प्रचण्ड भन्छन्,”राष्ट्रपतिले भोलीसम्मको समय दिएका छन्। भोलीसम् गोल हान्ने प्रयत्नमा छौं।”

तर शनिबार साँझ सम्म त्यसरी गोल हुने संकेत देखिएको थिएन।


सहमतिको सरकार बनाउन दिइएको समयको छ दिनमा प्रधानमन्त्रीका प्रत्यासी दलहरु आ आफ्नो पक्षमा सहमती जुटाउने कसरतमा व्यस्त रहे।


चक्रिय प्रणाली मान्नेमा माओवादीसँग सैद्धान्तिक सहमति गरेको कांग्रेसले आइतबारसम्ममा माओवादीले आफुहरुलाई स्वीकार्ने आशा राखेको छ।


कांग्रेस नेता डा रामशरण महत भन्छन्, “हतियार र फौज दुवै भएको पार्टी माओवादीको नेतृत्व हामीले स्वीकार्न सक्ने स्थिति छैन। त्यसैले भोलीसम्म माओवादीले हाम्रो नेतृत्व स्वीकार्छ भन्ने हाम्रो आशा छ।”


माओवादी समक्ष संविधान सभाका दोश्रो, तेश्रो र चौथो शक्तिका रुपमा रहेका कांग्रेस, एमाले र तराइ केन्द्रित मोर्चाले शान्ति प्रक्रियाबारे माओवादीको वास्तविक