सांसद सुवालको टिप्पणीः विदेशमा निजी बैंकको शाखा खोल्न दिए ‘चोरलाई चौतारो’ हुन्छ

images

 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा निजी बैंकको शाखा खोल्न दिए चोरलाई चौतारो हुने टिप्पणी गर्नुभएको छ ।

Nepal life insurance

आईतवारको अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकको छलफलमा भाग लिदै उहाँले यस्तो बताउनुभएको हो । सरकारी बैंकलाई दिने की निजी बैंकलाई शाखा खोल्न दिने बाफियामा प्रष्ट नभएको भन्दै निजीलाई दिए त्यो खतरनाक हुने बताउनु भयो । उहाँकाअनुसार बैंकलले गरेको अनुगमनका प्रतिवेदन गोप्य राख्न नहुने बताउनु भयो ।  सांसद सुवालकाअनुसार अनुगमन गरेका प्रतिवेदन सार्वजनिक गर्नुपर्छ  ।

उहाँले भन्नुभयो– ‘बैंकको शाखा विदेशमा खोल्न दिनुपर्ने व्यवस्था प्रश्ताव गरिएको रहेछ । निजी बैंकको शाखा खोल्न दिए चोरलाई चौतारो हुन्छ ।  विदेशी बैंकमा खाता खोल्न पनि दिनुहुँदैन । जिल्लाका बैंकमा खाता खोल्ने, कर्जा लिने वातावरण बनाउनुपर्छ ।’

उहाँकाअनुसार फौजदारी अभियोग लागेकाहरुलाई सार्वजनिक ठाउँमा जान दिनु हुँदैन । फौजदारी अभियोगमा पुष्टी भएपछि सार्वजनिक पदमा जान दिनु भनेको अपराध गर्न प्रोत्साहन गर्नु रहेको उहाँको भनाई छ ।

 

Nepal life insurance