सबै निजीकरण गर्दै जाँदा भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिने दिन आउँछः सांसद सुवाल

images

 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा विक्री नगर्ने प्रश्ताव विधेयकमा ल्याउनुपर्ने माग गर्नुभएको छ ।

Nepal life insurance

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । जसबारे बोल्दै सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताउनु भयो । सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा विक्री गरिने छैन भनेर यो प्रश्तावनामा ल्याउनुपर्छ । त्यो ल्याएन भने निजीकरणको लागि बाटो खुला गरिएको छ, विभिन्न दफामा । अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ । सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य राखिएको छ । त्यो ठिक भएन । त्यसमा सचेत हुनुपर्छ ।’

सांसद सुवालले सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने झँै विधेयक ल्याइएको भन्दै यो ठिक नभएको बताउनु भयो ।

 

Nepal life insurance