देउबाको प्रतिबद्धता : गठबन्धन पूरा समय टिक्छ

images

 

काठमाडौँ । सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) सँगको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गर्नुभएको छ ।

Nepal life insurance

केन्द्रिय समितिको बैठकमा समापन मन्तब्य दिने क्रममा सञ्चारकर्मीसँग गठबन्धन बारे बाहिर आए जस्तो केहि पनि नभएको स्पष्ट पार्नु भयो।

दुइ ठूला पार्टी मिलेर गठबन्धन बनाउदा  स–साना समस्या आउनु स्वाभाविक भएको बताउनु भयो।  सबै समस्या छलफल गरेर  समाधान गर्न सकिने बताउनु भयो । उहाँले संविधानको व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएकाले गठबन्धन सरकार अपरिहार्य रहेको बताउनुभयो।

वर्तमान गठबन्धन पूरा समय टिक्ने सभापति देउबाले ठोकुवा गर्नुभयो। । गठबन्धनमा आएका सबै विषय  सल्लाह र सहमतिमा अघि बढाउने बताउनु भयो ।

 

Nepal life insurance