




अर्घाखाँची – अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्ड पहिरोको कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।

बुधबार बिहान अर्घाखाँचीको कोन्द्रे स्थित गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्डमा अविरल वर्षाको कारण पहिरो सहित रुख झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक अवरोध खुलाउने पहल गरिरहेको जानकारी दिएको छ ।



