




काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई आत्मालोचना गर्न सात दिनको समय दिएकोप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले हिजो ओलीविरुद्ध झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिष्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झै ताली ठोक्ने समाजवादी हातहरु यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्-
जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम । हिजो केपी ओलीविरुद्ध राम कुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिष्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झै ताली ठोक्ने समाजवादी हातहरु यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु ।



