सांसद गौतमको दाबि- प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएका सयौं नेपाली फर्किएका छैनन्

images

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएको स्पष्ट गरेकी छन् ।

Nepal life insurance

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद गौतमले आफुले बोलेको कुराको अर्कै टिप्पणी गर्दै प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल फर्केको सत्य भएको बताउदै सांसद गौतमले सो कार्यक्रममा धेरै मानिस गएको बताउदै उनीहरु नफर्किएको बताएकी हुन् ।

उनले भनेकी छन्- ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् ।’

सांसद गौतमले मंगलबारको बैठकमा यस विषयमा बोलेको विषयमा सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाउदै सो भनाई रेकर्डबाट हटाउन माग गरेको थियो ।

 

Nepal life insurance