देशमा करिब ९५ हजार टन मल मौज्दात छ- मन्त्री अधिकारी

images

 

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अहिले देशमा करिब ९५ हजार टन मल मौज्दात रहेको बताएका छन् ।

Nepal life insurance

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले खेती गरिएको बाली र मलको सिफारिस मात्राको आधारमा वार्षिक मलको आवश्यकता करिब ११ देखि १३ लाख मेट्रिक टन रहेको जानकारी दिदै हाल करिब ९५ हजार टन मल मौज्दात रहेको बताएका हुन् ।

मन्त्री अधिकारीले नेपाल सरकारले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ को आधारमा कृषकलाई अनुदानमा मलखाद गराउँदै आएको बताए । उनले हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरी सकिएको र ४ लाख २४ हजार टन बिक्री गरिसकिएको जानकारी दिए ।

साथै उनले ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कोलकोता बन्दरगाहमा  भर्खरै आएको जानकारी दिए । उनले देशभरका करिब ११ हजार मल विक्रेता सहकारी संस्थाहरूले सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा दैनिक करिब २० हजार क्विन्टल ४० हजार बोरा मल सहकारीहरूले लागिरहेको बताए ।

मन्त्री अधिकारीले कृषकको मागअनुसार मल आपूर्ति गराउन नसक्दा मुख्यबाली लगाउने समयमा मलको कमी र वितरणमा समस्या भइरहेको बताए  । सरकारसँग पर्याप्त स्रोत नहुदा मल खरिद गरेर वितरण गर्न समस्या भएको बताउदै मन्त्री अधिकारीले मागअनुसार मल आपूर्ति गर्न मलको मूल्य समायोजन गर्नु उचित विकल्प भएको बताए ।

 

Nepal life insurance