माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बन्ने सुनिश्चित भए अबको एक हप्तामा लडाकूको पुर्नवर्गीकरण गर्ने प्रतिबद्धता जनाएको छ । सञ्चारकर्मीसँग माओवादी प्रवक्ता दिनानाथ शर्माले एकसाता भित्र लडाकूको पुनवर्गिकरण सकाउन माओवादी तयार रहेको वताए ।
समायोजन हुने संख्याका विषयमा कुनै विवाद नरहेको दाबी गर्दै उनले आकर्षक प्याकेज आएमा सात हजार लडाकूलाई मात्रै समायोजन गर्न आफूहरु तयार रहेको वताए ।



