




काठमाडौँ । बर्षापछि पहिरोका कारण देशका प्रमुख ८ सडकखण्ड अवरुद्ध रहेका छन् ।

संखुवासभाको खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग असार ६ गतेदेखि अवरुद्ध रहेको छ भने विपी राजमार्ग साउन १८ गतेसम्म रातिमा बन्द गरिएको छ ।

अवरुद्ध रहेका प्रमुख सडक खण्ड:
१- संखुवासभाको भोटखोला-४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अबरोध भएको छ । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।
२- विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडक हाल देशमा मनसुन सक्रिय भएकोले बर्षातका कारण विपदको घटना हुन नदिनको लागि असार २१ गतेदेखि साउन १८ गतेसम्म बेलुका १८:३० देखि विहान ०५:०० बजेसम्म सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने आउने दुबै तर्फका सार्वजानिक तथा नीजि सवारी साधनलाई आवागमनमा रोक लगाईएको छ ।
३- ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ सडक असार १० गते देखि अर्को सुचना नआएसम्मको लागि बेलुका १९:०० बजेदेखी बिहान ०६:०० बजे सम्मको लागी सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाईएको छ ।
४- काठमाण्डौ:- फर्पिङ- कुलेखानी सडक खण्डको फर्पिङबाट हात्तिगौँडा सम्मको सडक निर्माणको लागि असार १२ गतेदेखि २५ गतेसम्म बन्द रहने भनिएकोमा थप १० दिन हुँदा उक्त मार्गमा चल्ने सवारी साधनहरुलाई बैकल्पिक सडक प्रयोग गर्नको लागि अनुरोध गरिएको छ ।
५ – रसुवाको भोटको कोशीको बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगायो । असार २४ गते रसुवाको गोसाइकुण्ड-२ स्थित रसुवागढीमा मित्रराष्ट्र चिनको एरियामा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आई नेपाल र चीन नाका जोड्ने पुल बगतेपछि मानिस र सवारी साधनमा आवत जावत बन्द भएको र स्याफ्रुबेशीबाट टिमुरे तर्फ जाने पासाङल्हामु सडक खण्डको बिभिन्न १० स्थानमा पहिरो गएको र बाढीको कारण रोड कटान हुन गई बिभिन्न स्थानमा गरी १२ सय मिटर रोड कटान भएको कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

६- सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण पुर्ण रुपमा अबरुद्द रहेको छ । असार २६ गते कोदारी स्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण बाटो पुर्ण रुपमा अबरुद्द भएको छ र सडक खुलाउने प्रयास भइरहेको छ ।
७- रुकुम पश्चिमको आठबिसकोट- ६ रिजिगार खोलामा जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर) अबरुद्ध रहेको छ । असार ९ गते रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको, बर्षात पछि मात्र सडक सञ्चालन हुने भएको छ ।
८- गुल्मीको कालिगण्डकी करिडोर सडक खण्ड अबरुद्ध । कालिगण्डकी-६ बर्लबास्थित कालिगण्डकी करिडोर सडक खण्डमा माथीबाट पहिरो आएको हुँदा बाटो एकतर्फी सुचारू भएको तथा सोही राजमार्गको कालिगण्डकी-१ गरगरेमा समेत पहिरोको कारण बाटो एकतर्फी सन्चालनमा रहेको छ ।



