विराटनगर – संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयकी प्रमुख ज्योति साङ्घेराले नेपालमा राजनीतिको अपराधिकरण बढिरहेको टिप्पणी गरेकी छन् ।
पछिल्लो समय नेपालमा राजनीतिको अपराधीकरण बढ्दो अवस्थामा रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । समाजको हरक्षेत्रमा राजनीतिकरण भएको भन्दै उहाँले यसको मात्रा कहीँ कम र कतै बढी रहेको उल्लेख गरिन् ।
विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै साङ्घेराले यस्तो टिप्पणी गरेकी हुन् ।