पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्थ्यौँः अध्यक्ष दाहाल

imagesimages

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दाबी गर्नुभएको छ ।

Nepal life insurance

प्रतनिधि सभाको बैठकमा सोमवार बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराहरुको बीचमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कयाँै मानक बनाउन सकेको बताउनु भयो । उहाँले आफू सोही दिशाका लागि आत्मलोचनासहित अघि बढेको बताउनु भयो । उहाँले गणतन्त्रमाथि राजावादी मात्र नभइ सरकारको कार्यशैलीबाट नै खतरा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराका बीचमा पनि कयौँ मानक बनाउनसक्यौँ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा । पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देशलाई रुपान्तरण गर्नसक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ । यही अठोटका साथ आत्मलोचनाका साथ अघि बढेका छौँ ।’
उहाँले सरकारले कुशासनको तानाशाही गाढा चलाइरहेको बताउनु भयो ।

 

Nepal life insurance

अन्य समाचारहरु