पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

 

निगमले डिजेल र मट्टितेलको भाउ आज शुक्रबारदेखि लागू हुने गरी एक रुपैयाँ ५० पैसा बढाएको हो । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ।

 

मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ७५ रुपैयाँ पुगेको छ। यसअघि यसको भाउ ७३ रुपैयाँ ५० पैसा थियो।