गृहका चार सहसचिवको सरुवा, अध्यागमनको महानिर्देशकमा तिवारी

imagesimages

 

काठमाडौं । गृह मन्त्रालयले चार सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मंगलबार गृह प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ ।

त्यस्तै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई गृह मन्त्रालयमा तानिएको छ । कोइराला केहि साता अघि मात्र अध्यागमन प्रमुखको रुपमा आएका थिए । त्यस्तै खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख बनाइएको छ ।

त्यसैगरी गृह मन्त्रालयले कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।

Single Image

 

Nepal life insurance

अन्य समाचारहरु