अडियोमा आवाज भएका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ- सुर्य थापा

imagesimages

 

काठमाडौँ । नेकपा एमालेका सांसद सुर्य थापाले घुस प्रकरणको अडियोमा बोलेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सांसद थापाले सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरी सत्य बाहिर ल्याउनु पर्ने बताएका हुन् ।

उनले मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गंभीरतालाई मध्यनजर गरी गंभीर छानवीन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको उल्लेख गर्दै विषयको उठान आरोप-प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस गर्नका लागि नभएर सुशासनको प्रत्याभूति गर्नका लागि भएको बताएका छन् ।

उनले भनेका छन्- 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजिनामा दिनुको अर्थ यस विषयको गंभीरतालाई मध्यनजर गरी गंभीर छानवीन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ। यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा  कोको संलग्न रहेका छन् ? ती सक्कली हुन् कि नक्कली ? वास्तविक आवाज हो कि प्रविधिको कमाल? राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानवीन गरी दुधको दुध/ पानीको पानी छुट्याउनु पर्छ ।

दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन । झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानवीनको दायराभन्दा बाहिर रहनुहुँदैन । विषयको उठान आरोप-प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन/गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो ।

 

images

 

Nepal life insurance

images